सोमबार, चैत ९, २०८२

शैक्षिक सत्र साउनदेखि, सिकाइलाई निरन्तरता, एसईईको मापदण्ड छिट्टै

‘शैक्षिक सत्र एक महिनापछि सारिए पनि विद्यालयले शिक्षण सिकाइलाई निरन्तरता दिन सक्नेछन्। परीक्षा सकेका विद्यालयले पठनपाठनलाई निरन्तरता दिन र परीक्षा रोकिएका विद्यालयले वैकल्पिक माध्यमबाट विद्यार्थीको मूल्यांकन गर्न सक्नेछन्।’ 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– नयाँ शैक्षिक सत्र साउनदेखि सुरु हुने भएको छ। औपचारिक रुपमा शैक्षिक सत्र साउनबाट सुरु गरिने भए पनि अन्तिम परीक्षा सकेका विद्यालय र स्थानीय तहले भर्ना प्रक्रिया पूरा गरी वैकल्पिक विधिबाट माथिल्लो कक्षामा पढाइ सञ्चालन गर्न पाउनेछन्।

National life

गत वर्षको कोरोना महामारीका कारण असारमा पुर्‍याइएको शैक्षिक सत्र कोरोनाको दोस्रो लहरका कारण साउनबाट सुरु गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी बताउँछन्।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसअघि वार्षिक परीक्षा सकेका विद्यालयले शैक्षिक सत्र सुरु नभए पनि अघिल्लो कक्षाको पठनपाठन सुरु गर्न सक्ने बताए। उनले भने, ‘शैक्षिक सत्र एक महिनापछि सारिए पनि विद्यालयले शिक्षण सिकाइलाई निरन्तरता दिन सक्नेछन्। परीक्षा सकेका विद्यालयले पठनपाठनलाई निरन्तरता दिन र परीक्षा रोकिएका विद्यालयले वैकल्पिक माध्यमबाट विद्यार्थीको मूल्यांकन गर्न सक्नेछन्।’ 

मन्त्रालयका प्रवक्ता दीपक शर्मा

मन्त्रालयले कक्षा १० (एसईई) र १२ को परीक्षाका विषयमा छलफल गरेर शैक्षिक सत्रको विषयमा निर्णय गर्ने जनाएको छ। शर्माले एसईईका विषयमा पनि चाँडै टुंगो लगाइने बताए। विद्यालयले कक्षा १० बाहेक एकदेखि ११ कक्षाको मूल्यांकन स्थानीय तह र क्षेत्रअनुसार फरकफरक गरेका छन्। अध्ययनअध्यापन पनि विद्यालयअनुसार फरक छ। कक्षा १० र १२ को परीक्षाको व्यवस्थापन महामारीको प्रकोप हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ। कक्षा १० को परीक्षा नगरेसम्म विधिवत् रुपमा नयाँ शैक्षिक सत्र सुरु नहुने पनि उनले प्रस्ट पारे।  कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा (एसएलसी) कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन भइरहेको राष्ट्रिय बोर्डका अधिकारी बताउँछन्। 

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेल भन्छन्, ‘आठ लाखभन्दा बढी विद्यार्र्थीको परीक्षा अवरुद्ध भइरहेकाले यसलाई कसरी निकास दिने भन्नेबारे छलफल भइरहेको छ।’ उनले पनि परीक्षाको मापदण्ड र मूल्यांकनबारे अध्ययन गर्न गठित कार्यदलले केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने बताए। 

Laxmi sunrise bank
kumari

कोरोना संक्रमण बढ्दै जादा निषेध आदेश सुरु भएपछि स्थगित परीक्षाको मोडालिटीका विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा वैशाख २७ गते अध्ययन समिति गठन गरिएको थियो। कार्यदललाई १५ दिनको समयसीमा दिइएको छ।

‘परीक्षाका विषयमा चाँडै निर्णय गरौं भनेका छौं। वैकल्पिक मूल्यांकन पद्धति अपनाएर पनि परीक्षा सञ्चालन गर्न सकिन्छ। परीक्षाका कारण शिक्षण सिकाइलाई प्रभावित गर्नु हुँदैन। यसलाई निरन्तरता दिनुपर्छ।’ 

कार्यदलले छिट्टै अध्ययन पूरा गर्ने र रिपोर्ट सार्वजनिक गर्ने महानिर्देशक अर्यालले बताए। उनले भने, ‘सरोकारवालासित सुझाव लिइसकेका छौं। परीक्षा हुन्छ तर कुन मोडालिटीबाट विद्यार्थीको मूल्यांकन गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं।’ 

प्याप्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले एसईईको परीक्षा गत वर्षकै जस्तो आन्तरिक रूपमा लिन विद्यालयलाई नै जिम्मा दिन सकिने वा मूल्यांकन पद्धतिमा परिवर्तन गर्न सुझाव कार्यदललाई दिइएको बताए। उनले भने, ‘परीक्षाका विषयमा चाँडै निर्णय गरौं भनेका छौं। वैकल्पिक मूल्यांकन पद्धति अपनाएर पनि परीक्षा सञ्चालन गर्न सकिन्छ। परीक्षाका कारण शिक्षण सिकाइलाई प्रभावित गर्नु हुँदैन। यसलाई निरन्तरता दिनुपर्छ।’ 

कक्षा १२ को अन्तिम परीक्षा भने अनुकूल समय मिलाएर राष्ट्रिय परीक्षा बोर्डले नै लिनुपर्ने सुझाव विद्यालयहरुले दिएका छन्। गत वर्ष पनि ४० नम्बरको लिखित परीक्षा, आन्तरिक मूल्यांकन तथा कक्षा ११ को परीक्षाका आधारमा कक्षा १२ को परीक्षा सञ्चालन गरिएको थियो।

शिक्षामन्त्री भन्छन्– एसईई भौतिक रुपमा गर्न सकिन्न

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा ९एसईई० भौतिक रुपमा सञ्चालन हुने सम्भावना न्यून रहेको बताए। उनले परीक्षाका सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भइरहेको बताए। श्रेष्ठले भने, ‘ राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा परीक्षाको मोडालिटीबारे निर्णय हुन्छ।’

प्रकाशित: May 25, 2021| 06:00 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्