सोमबार, चैत ९, २०८२

त्रिविले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह

त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

National life

उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै वैकल्पिक विधिमार्फत् सुचारु भइरहेका कक्षाहरूलाई निरन्तरता दिने, सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्ने, रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन भनेका हुन्। 

अपिलमा कोरोना भाइरस (कोभिड-१९) ले उब्जाएको विषम् परिस्थितिले विश्वलाई नै स्वास्थ्य संकटबाट आक्रान्त पारेको अवस्थामा नेपालमा पनि ठूलो जनधनको क्षति भएको र पहिलो लहर सकिनै लाग्दा विश्वविद्यालयले पनि नियमित पठनपाठन र परीक्षाहरू सञ्चालन गर्न थालेको तर महामारीको दोस्रो लहरले विनाशकारी रुप लिँदा पठनपाठन र परीक्षाहरू स्थगित गर्नु परेको उल्लेख गरिएको छ। 

विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकले अल्पायुमै ज्यान गुमाउनु परेको हुँदा यस विषम् परिस्थितिमा महामारीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पिन प्रकट गरिएकाे छ।

साथै विश्वविद्यालयले महामारीमा संघर्ष गरिरहने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित रहन पनि आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 25, 2021| 04:21 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्