बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा महिलामाथि मरणासन्न हुने गरी कुटपिट, दुई जना पक्राउ

कैलालीमा महिलामाथि मरणासन्न हुने गरी कुटपिट, दुई जना पक्राउ

जोशीपुर गाउँपालिका-७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

कैलाली - जोशीपुर गाउँपालिका-७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ। घैलाबौनियाँस्थित घैला गाउँको नहर चौराहामा स्थानीय जानकी जैसीमाथि दुई युवाले मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

स्थानीय दीर्घराज ढुंगाना र मोहन भनिने डम्मरनाथ ढुंगानाले नाकको डाँडी भाँचिने गरी कुटपिट गरेको पीडित जैसीका श्रीमान् लोगराज जैसीले बताए।

'बच्चा खेलिरहेका रहेछन्। सुरुमा मेरो १४ वर्षीय कान्छो छोरा गणेशलाई कुटपिट गरे। त्यसपछि जेठो छोरा १८ वर्षीय भुवनलाई कुटपिट गरे। आफूहरूमाथि कुटपिट भएपछि आफन्तको बिहेमा गएकी आमालाई गुहार्न बच्चाहरू गएका रहेछन्। विवाह घरबाट फर्किने क्रममा जानकीमाथि चोकमै हमला गरिए छ', उनले भने।

घटना वैशाख २३ गते दिउँसोको भए पनि आफूहरू उपचारमा व्यस्त रहेकाले ढिला गरी सार्वजनिक भएको जैसीले बताए। अहिले अभियुक्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ।

पीडित महिलाको निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको छ। उनको नाक भाँचिएको र दुई दाँत आधा टुटेका छन्। आँखा, गर्धन र छातीमा जैसीको गम्भीर चोट लागेको छ। स्थानीय प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

अहिलेसम्म पीडितले आफ्नै खर्चले उपचार गरिरहेको र अभियुक्तले उपचार खर्च समेत नदिएको गुनासो गरेका छन्। कोरोना त्रासकै बीच आर्थिक अभाव झेल्दै उपचार गरिरहेको जैसीले बताए।

प्रकाशित: May 25, 2021| 04:40 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।