बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणालाई बालुवाटार बोलाएर ओलीले भने, ‘मलाई सहयोग गर्नुस्’

प्रधानन्यायाधीश राणालाई बालुवाटार बोलाएर ओलीले भने, ‘मलाई सहयोग गर्नुस्’

प्रन्या सुरक्षा स्रोतले नेपाल समयलाई जानकारी दियो, ‘अरु कुरा थाहा भएन तर फर्कँदा सम्मानीयज्यू खुशी देखिनुभएन। उहाँको अनुहार अलिक अलग थियो।’
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं –  विपक्षी गठबन्धनका बहुमत सांसदले प्रतिनिधीसभा विघटनका विरुद्ध र नयाँ प्रधानमन्त्री नियुक्तीको माग गर्दै सर्वाोच्च अदालतमा  रिट निवेदन दिएकै दिन आज झण्डै मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। त्यो पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर।

‘सम्माननीय प्रधानन्यायाधीशले बालुवाटार भित्र छिरेर झण्डै एक घण्टा छलफल गर्नुभो, बाँकी कुरा आफै बुझ्नुहोस’ प्रधानन्यायाधीशसम्बद्ध सुरक्षा स्रोतले झण्डै १२ बजे  नेपाल समयलाई जानकारी दियो, ‘अरु कुरा थाहा भएन तर फर्कँदा सम्मानीयज्यू खुशी देखिनुभएन। उहाँको अनुहार अलिक अलग थियो।’

भेटघाट अघि प्रधानन्यायाधी राणा निवास बाहिर रहनुभएको र प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको  छ। तर राणाका सुरक्षाकर्मीले भने उनी आफ्नै गाडीमा त्यहाँ पुगेको बताएका छन्। 

राती अबेर भएको भेटघाटको सूचनापछि हामीले प्रधानमन्त्री ओलीका सहयोगीहरुलाई सम्पर्क गरेका थियौं। भेटघाट भएको हुन सक्ने जानकारी दिए पनि उनीहरुले यसको औपचारिक पुष्टि भने गरेनन्।

विपक्षी गठबन्धनका १ सय ४६  सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानन्याधीश स्रोतहरुका अनुसार, प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेका छन्।
 

प्रकाशित: May 24, 2021| 19:07 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।