बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा निषेध आदेश थप्ने तयारी, सीडीओ पराजुली भन्छन्- थप कडाइ गर्छौं

उपत्यकामा निषेध आदेश थप्ने तयारी, सीडीओ पराजुली भन्छन्- थप कडाइ गर्छौं

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थप्ने तयारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला  अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप कडाइका साथ निषेध आदेश थप्ने तयारी भइरहेको हो।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थप्ने तयारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला  अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप कडाइका साथ निषेध आदेश थप्ने तयारी भइरहेको हो।

'कोरोना नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश आएको छ। त्यसमा धेरै कुरा उल्लेख छ। निषेध आदेश उल्लंघन गर्नेलाई जरिवानादेखि कैदसम्मका कुराको स्पष्ट व्यवस्था छ', उनले भने, 'अझै पनि केही मानिसले विभिन्न बहानामा निषेध आदेश उल्लंघन गरिरहेकाले हामी थप कडाइ गर्ने छौं।'

अब टोल-टोलमा पनि प्रहरी परीचालन गरिने उनले जानकारी दिए। प्रहरीले माइकिङ गर्ने, होल्डिङ गर्ने गर्दा पनि मानिसको बानिमा सुधार नआएकाले थप कडाइ गर्ने रणनीतिमा छलफल भइरहेको उनले बताए।

सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्दै छ।

कोरोनाको संक्रमण बढ्न थालेपछि अघिल्लो महिनाको १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेध आदेश लागू गरिएको छ। सुरुमा एक हप्ताका लागि लागू भएको निषेध आदेश त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो। फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो। गृह मन्त्रालयले निषेध आदेश पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ।

प्रकाशित: May 25, 2021| 02:02 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।