बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाँसेर बाँडे मन्त्री आलेले

अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाँसेर बाँडे मन्त्री आलेले

चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टासेर वितरण गरेका छन्। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं – चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टासेर वितरण गरेका छन्। 

चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री आलेले डोटी अस्पताललाई वितरण गरेका हुन्। सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्। 

उनले आफू निर्वाचित भएको जिल्ला डोटीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत सामाग्री लगेको उनको सचिवालयले जनाएको छ। 

केहि स्वास्थ्य सामाग्री आफैले किनेपनि निला अक्सिजनका सिलिन्डर केहीदिन अघि चीन सरकारले नेपाललाई अनुदानमा दिएको सामाग्री हो। 


वैशाख २१ गते  २० हजार अक्सिजनको खाली सिलिन्डर चीनबाट नेपाल आएको थियो। सोही सिलिन्डरमा अक्सिजन भरेर आफ्नो तस्बिर टासेर मन्त्री आलेले वितरण गरेको खुलेको छ। 

यद्धपी आलेको सचिवालयले भने उनले आफ्नै खर्चले किनेको दाबी गरेको छ। स्रोतका अनुसार मन्त्री आलेले आफ्नो खर्चले किनेको नभइ शक्तिको दुरुपयोग गरेर सिलिन्डर लिएको र त्यसमा अक्सिजन भरेर वितरण गरेका हुन्। 

कोरोना महामारीबाट जनता मरिरहदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

प्रकाशित: May 25, 2021| 03:25 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।