कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नम्बर २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ।
इंग्ल्यान्डको साउथह्याम्टनमा जारी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत आज छैटौं दिनको खेल हुँदैछ। टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो र चौथो दिन वर्षाका कारण खेल हुन नसकेपछि अम्पायरले रिजर्भ डेको प्रयोग गरेका छन्।