बिहीबार, असार २५, २०८३

युरोकप : आज हुँदैछन् चाखलाग्दा यी चार खेल

युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको खेल बाँकी रहेको युरोकपमा बुधबार राति यी दुवै समूहका खेल सकिएसँगै युरोकपको समूह चरणका खेल पनि सकिने छ।

जुन ११ बाट सुरु भएको समूह चरणमा आज चार खेल हुँदैछन्। समूह ई अन्तर्गतको खेलमा स्विडेनले पोल्यान्डसँग खेल्ने छ भने सोही समूहको अर्को खेलमा स्पेनले स्लोभाकियासँग खेल्ने छ। यी दुवै खेल राति पौने १० बजे सुरु हुँदैछ।

समूह ई मा स्विडेन, स्लोभाकिया, स्पेन र पोल्यान्ड क्रमशः ४, ३, २ र १ अंकका साथ शीर्ष, दोस्रो, तेस्रो र चोथो स्थानमा छन्। त्यसैले अघिल्लो चरणमा पुग्नका लागि पोल्यान्डलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ।

त्यस्तै, समूह एफ को पनि अन्तिम खेल आज हुनेछ। समूह एफअन्तर्गत राति १२:४५ सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ। यता अर्को खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ।

यसबाहेक बाँकी ए, बी, सी र डी समूहका खेल सकिएका छन्। सो समूहबाट इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड, अष्ट्रिया, इंग्ल्यान्ड र क्रोएसिया अन्तिम १६ मा पुगिसकेका छन्।

प्रकाशित: Jun 23, 2021| 04:39 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।