बिहीबार, असार २५, २०८३

सावित्रा भण्डारी घुँडाको शल्यक्रियाका लागि कतार जाँदै

नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी घुँडाको शल्यक्रियाका लागि शनिबार कतार जाने भएकी छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी घुँडाको शल्यक्रियाका लागि शनिबार कतार जाने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा घुँडाको शल्यक्रियाको लागि कतारको एस्पिटर अस्पतालमा उपचारको लागि जान लागेकी हुन्।

उनी अब आउँदो जुन २६, शनिबार त्यसतर्फ जाने एन्फाले बताएको छ। सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफबाट महिला लिग खेल्ने क्रममा गएको फेब्रुअरीमा उनलाई चोट लागेको थियो। नेपाल पुलिसविरुद्धको त्यो खेलको क्रममा उनलाई इन्टेरियर क्रुसियल लिगामेन्टमा चोट लागेको थियो।

पछिल्लो महिला लिगमा उनी सर्वाधिक गोलकर्ता थिइन्।

प्रकाशित: Jun 23, 2021| 04:28 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।