आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोल्पामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु 

रोल्पामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु 

रोल्पाको रोल्पा नगरपालिका–९ होमामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- रोल्पाको रोल्पा नगरपालिका–९ होमामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मंगलबार राति घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा घर भित्र सुतिरहेका ६ मध्ये ३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगर रहेका छन्।

पहिरोमा थप तीन जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 23, 2021| 04:42 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।