बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • म्युनिख रंगशालाको इन्द्रेणी बत्तिलाई युईएफएले दिएन खेलमा बाल्ने मान्यता

म्युनिख रंगशालाको इन्द्रेणी बत्तिलाई युईएफएले दिएन खेलमा बाल्ने मान्यता

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले म्युनिखको एलियन्ज एरिनामा इंन्द्रेणी रंगहरूको बत्ति बाल्ने प्रस्तावलाई अस्विकार गरिदिएको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले म्युनिखको एलियन्ज एरिनामा इंन्द्रेणी रंगहरूको बत्ति बाल्ने प्रस्तावलाई अस्विकार गरिदिएको छ।

युरो कप २०२० को समयमा बुधबार हंगेरीविरुद्धको जर्मनीको खेलका लागि प्रयोग गर्ने बताइएको सो बत्ति बाल्न यूईएफएले रोक लगाईदिएको हो।
यता म्युनिखका मेयर डिटर रिइटरले यूईएफएले अस्विकार गरिदिएपछि विरोध गर्दै उनले त्यो निर्णयलाई लज्जास्पद भएको बताएका छन्।

उनले हंगेरीले अन्डर १८ को लागि होमोसेक्सुआलिटी र लिंग परिवर्तनलाई प्रवर्द्धन गर्ने प्रकारका विषयलाई बन्देज लागाउने कानुनको पनि विरोध गर्न अनुरोध गरेका छन्। तर, यो कुरालाई यूईएफएले राजनीतिक विषय रहेकोले अस्विकार गरेको बताएको छ।

यूईएफएको गभर्निङ बडीले भनेको छ, ‘विविधता र समावेशिकरणबारे सन्देश दिने आयोजकको मनसाय यूईएफएले बुझेको छ। यो कुराई यूईएफएले पनि धेरै वर्षदेखि सहयोग गर्दै आएको छ। फुटबलका सबैका लागि खुल्ला गर्न र यसको संस्कृतिको विकासका लागि यूईएफएले पनि विधताका लागि काम गरेको छ।’

‘रंगभेद, होमोफोविया, योनिक विभेदलगायकत सबै प्रकारका विभेदले समाजमा समस्या सिर्जना गरेको छ। विभेदका कारण धेरै खेल प्रभावित बनेका छन्,’ यूईएफएल गभर्निङ बडीले लेखेको छ।

यर जर्मनकीका कप्तान एवं गोलकिपर म्यानुयल नुयरले इन्द्रेणी रंगको आर्मब्यान्ड लगाउन पाउने छन्।

यता यूईएफएले म्युनिखलाई हंगेरीविरुद्धको खेलको ठाउँमा जुन २८ को किस्टोफर स्ट्रिट लिवरेसन डेमा सप्तरंगी बत्ति बाल्न प्रस्ताव गरेको छ। क्रिस्टोफर डे भनेको जर्मनी र स्विट्जरल्यान्डका एलजीबीटीक्यूले वार्षिक रुपमा मनाउने उत्सव हो।

गएको सोमबार जर्मन फुटबल संघ(डीएफबी)ले यो प्रदर्शन अरुनै दिन मनाउने योजना बनाएको थियो। तर जर्मनका मेयरले त्यो प्रस्तावलाई बुधबारको खेलका लागि उपयुक्त रहने बताएका थिए।

‘यूईएफएले म्युनिखका एलजीबीटीक्यूको खुलापन, सहिष्णुता, सम्मान र एकताको लागि हाम्रो प्रस्ताव अस्विकार गर्नु लज्जास्पद विषय हो,’ स्टेटमेन्टमा मेयरले भनेका छन्।

प्रकाशित: Jun 23, 2021| 03:29 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।