आइतबार, भदौ ७, २०८३

मुक्का प्रहारबाट किशोरको मृत्यु

मुक्का प्रहारबाट एक किशोरको  मृत्यु भएको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा  रोल्पा नगरपालिका–९ ह्वामाका १८ वर्षीय अबिलाश घर्तीमगर छन्। 

यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र  अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील  भागमा मुक्का प्रहार गरेका बताइएको छ। 

गम्भीर घाइते अबिलाशको उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए।

प्रकाशित: Jun 23, 2021| 01:34 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।