शनिबार, पुस १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • थला पर्‍यो क्याटरिङ, होटल व्यवसायमा दैनिक ६५ करोड घाटा

Siddartha premir insuranceSiddartha premir insurance

थला पर्‍यो क्याटरिङ, होटल व्यवसायमा दैनिक ६५ करोड घाटा

पहिलो र दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेध आदेशले पार्टी प्यालेस र क्याटरिङ व्यवसाय धरापमा परेको छ। 
 |  बुधबार, असार ९, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, असार ९, २०७८

ntc landingntc landing

काठमाडौं- पहिलो र दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेध आदेशले पार्टी प्यालेस र क्याटरिङ व्यवसाय धरापमा परेको छ। पहिलो लहरको महामारीले थलिएको यो व्यवसायलाई पुनः चलायमान हुन नपाउँदै दोस्रो लहरले थिच्यो। 

himalayan bank box

पहिलो लहरको कोरोना र त्यससँगै लागू भएको निषेध आदेशका कारण करिब ६ महिना बन्द भएका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय गत असोज महिनाबाट खुल्न थालेका थिए। फेरि दोस्रो लहरको कोरोनाका कारण वैशाख महिनादेखि पार्टी प्यालेसहरू बन्द भए, जसकारण दैनिक करोड बढी घाटा सहन बाध्य भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघका सचिव उत्तम न्यौपाने बताउँछन्।

उनका अनुसार देशभर आठ हजारभन्दा बढी पार्टी प्यालेस छन्। यी सबैमा गरेर एक खर्बभन्दा बढी लगानी छ। उपत्यकामा मात्रै ४०० भन्दा बढी पार्टी प्यालेस छन्। ती सबै निषेध आदेशका कारण दुई महिनादेखि बन्द छन्। 

उनका अनुसार देशभर आठ हजारभन्दा बढी पार्टी प्यालेस छन्। यी सबैमा गरेर एक खर्बभन्दा बढी लगानी छ। उपत्यकामा मात्रै ४०० भन्दा बढी पार्टी प्यालेस छन्। ती सबै निषेध आदेशका कारण दुई महिनादेखि बन्द छन्। 

‘अघिल्लो लकडाउनका कारण थला परेका हामी फेरि अहिले दुई महिनादेखि बन्द अवस्थामा छाैं’, सचिव न्यौपानेले भने, ‘प्यालेसको भाडा, बैंकको ब्याज तथा कर्मचारीलाई दिनुपर्ने मासिक तलबका कारण अब थेग्न नसक्ने अवस्थामा पुगेका छौं।’  कोरोना र त्यससँगै लागू भएको निषेध आदेशका कारण अहिले देशभर २०० भन्दा बढी व्यवसायी पलायन भएको महासंघले जनाएको छ। 

vianet

‘अझै धेरै साथी पलायन हुने अवस्थामा पुगेका छन्। पार्टी प्यालेस खचाखच हुने समयमा दुई वर्ष लगातार बन्द भयो,’ न्यौपाने भन्छन्, ‘बैंकले ब्याज छाड्दैन्। भाडामा छुट हुँदैन। अनि कसरी टिक्न सकिन्छ त?’ 

पार्टी प्यालेसका लागि वैशाख, जेठ र असार सिजनको समय हो। कुनै बेला यो समयमा ग्राहकले खचाखच हुने पार्टी प्यालेस अहिले सुनसान छन्। 

मैतीदेवी वैभव पार्टी प्यालेसका सञ्चालक अनिल भट्ट भन्छन्, ‘विगतमा यो बेला पार्टी प्यालेसमा भ्याइनभ्याइ हुन्थ्यो।’  अहिले पार्टी प्यालेस बन्द गरेर बस्नु परेको उनको भनाइ छ। ‘व्यवसाय बन्द भएको एक वर्ष भइसक्यो। कहिले सामान्य अवस्था होला र आम्दानी गर्न सकिएला थाहा छैन,’ उनी भन्छन्। 

भट्टलाई अहिले भाडा, बैंकको ब्याज तथा कर्मचारीलाई मासिक तलब कसरी दिने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। उनको पार्टी प्यालेसमा नियमित ११ जना कर्मचारी कार्यरत थिए। अहिले ती कर्मचारीलाई आधा पारिश्रमिकसमेत दिने अवस्था नरहेको उनको भनाइ छ। 

सामान्य बेलामा सबै खर्च कटाएर मासिक ११ लाख कमाइ हुने गरेको उनले बताए। ‘अहिले बिना आम्दानी महिनामा चारदेखि पाँच लाखसम्म खर्च हुन्छ। यस्तै हो भने पार्टी प्यालेस बन्द गर्ने अवस्थामा पुगेको छु,’ उनी भन्छन्। 

महासंघका अनुसार लकडाउन भएसँगै पार्टी प्यालेस तथा क्याटरिङमा प्रत्यक्ष रुपमा संलग्न करिब एक लाख कामदार बेरोजगार भएका छन्। पार्टी प्यालेस बन्द हुँदा सरकारले वार्षिक दुई अर्बभन्दा बढी राजस्व गुमाएको महासंघले जनाएको छ।

सरकारले पार्टी प्यालेस व्यवसायीलाई विभेद गरेको व्यवसायीको गुनासो छ। ठूला होटल क्वारिन्टनका नाममा चल्न दिने तर पार्टी प्यालेस बन्द गर्ने सरकारी नीतिले आफूलाई थप संकटमा पारेको उनीहरू बताउँछन्। ‘गत वर्ष पनि ठूला होटल तथा रेस्टुरेन्टका पार्टी हलहरू सञ्चालन हुँदा पनि पार्टी प्यालेसहरू बन्द गरियो,’ व्यवसायी सौरभ सिंह भन्छन्, ‘अहिले पनि अवस्था त्यही छ।’ उनले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्। 

नेपाल होटल संघ (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन्, ‘होटलको अवस्था झन् जटिल बन्दै गएको छ। विदेशबाट पर्यटक आउने वातावरण छैन। एकातिर कोभिड अर्कोतिर राजनीतिक खिचातानी अनि कसरी आउँछन् पर्यटक? कसरी चल्छ व्यवसाय?’ 

नेपाल होटल संघ (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन्, ‘होटलको अवस्था झन् जटिल बन्दै गएको छ। विदेशबाट पर्यटक आउने वातावरण छैन। एकातिर कोभिड अर्कोतिर राजनीतिक खिचातानी अनि कसरी आउँछन् पर्यटक? कसरी चल्छ व्यवसाय?’ 

होटेल संघमा १६ जिल्लाका चार हजार होटल आबद्ध छन्। देशभर १० हजार बढी होटेल छन्। कोभिडका कारण आधाभन्दा धेरै होटल करिब एक वर्षदेखि चल्न नसकेको संघको भनाइ छ। विदेशी पर्यटकको भरमा सञ्चालन हुने तारे होटल तुरुन्तै सञ्चालनमा नआउने भएका छन्। 

अन्तर्राष्ट्रिय उडान खुली नसक्नु, होटल बुकिङ प्रायः शून्य हुनु, सभा सम्मेलन गर्न पाउने वातावरण नहुनुलगायत कारण तत्काल तारे होटल खुल्ने सम्भावना नरहेको व्यवसायी बताउँछन्।

‘सरकारलाई कुर्सी जोगाउन र राजनीतिक दलहरूलाई सत्ता प्राप्तितर्फ मात्रै ध्यान छ। हाम्रो यो बिजोग कसले हेरिदिन्छ?,’ शाहले भने। अरू देशमा स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न थालेकाले नेपालमा पनि खोल्न दिन उनको आग्रह छ।

नेपाल होटल संघ (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाह।

‘क्वारेन्टिनका लागि होटल खोल्न दिइएको छ। त्यसले मात्रै पुग्दैन। प्रोटोकल निकाल्नुपर्‍यो। कुजिएर बसिएको छ। कति बन्द गर्ने? बन्द मात्रै समाधान हैन,’ उनले भने। 

होटल व्यवसाय बन्द हुँदा दैनिक ६५ करोडभन्दा बढीको घाटा सहनुपरेको उनले सुनाए। दोस्रो चरणको लकडाउनका कारण पछिल्लो दुई महिनामा मात्रै चार अर्ब घाटा होटल व्यवसायीले सहिसकेका छन्। होटल व्यवसायमा १५ खर्बभन्दा धेरै लगानी छ। 

होटल संघका अनुसार ११ लाख मजदुर होटेल क्षेत्रमा काम गर्छन्। सबै कामदारलाई काम दिन नसक्दा यसले झनै ठूलो समस्या निम्त्याउने उनको भनाइ छ। 

प्रकाशित: Jun 23, 2021| 02:58 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्