आइतबार, भदौ ७, २०८३

सुनौला हजार दिनका आमालाई ‘पोषण झोला’

जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण सुरु गरेको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण सुरु गरेको छ। गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो । कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेको बताइएको छ।

उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताइन्। उनले भनिन्, 'गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ, कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ।' 

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए।

उक्त कार्यक्रमअन्तर्गत पालिकाभरिमा रहेका ८४ आमालाई कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल वितरण गरिन थालिएको गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए। 

पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरूका घरपरिवार निकै खुशी भएका छन्। जिल्लामा उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने पूर्वीचौकी पहिलो स्थानीय तह भएको पालिकाको दाबी छ। रासस

प्रकाशित: Jun 23, 2021| 02:24 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।