बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्डिया–न्युजिल्यान्ड टेस्ट : फाइनल खेलमा इन्डियालाई ३२ रनको लिड

इन्डिया–न्युजिल्यान्ड टेस्ट : फाइनल खेलमा इन्डियालाई ३२ रनको लिड

इंग्ल्यान्डको साउथह्याम्टनमा जारी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत आज छैटौं दिनको खेल हुँदैछ। टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो र चौथो दिन वर्षाका कारण खेल हुन नसकेपछि अम्पायरले रिजर्भ डेको प्रयोग गरेका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

इन्डिया पहिलो पारी : २१७ रन (९२.१ ओभर)
न्युजिल्यान्ड पहिलो पारी : २४६ रन (९९.२ ओभर)
इन्डिया दोस्रो पारी : ६४ रन (३०ओभर ) जारी...

National life

इंग्ल्यान्डको साउथह्याम्टनमा जारी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत आज छैटौं दिनको खेल हुँदैछ। टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो र चौथो दिन वर्षाका कारण खेल हुन नसकेपछि अम्पायरले रिजर्भ डेको प्रयोग गरेका छन्।

पहिलो दुई पारी सकिएको फाइनल खेलमा अहिले तेस्रो (इन्डियाको दोस्रो) पारी  चलिरहेको छ। जहाँ टस हारेर ब्याटिङ पाएको इन्डियाले ६४ रन बनाउँदा मौदानमा चेतेस्वर पुजारा र विराट कोहली कायम छन्।

खराव सुरुआत गरेको इन्डिया अहिले २ विकेट गुमाएर ३२ रनको लिडमा छ। इन्डियाका रोहित शर्मा ३० र शुभमन गिल ८ रन बनाएर आउट भएका छन्। यता न्यजिल्यान्डका टिम साउथीले दुई विकेट गिराएका छन्।

यसअघि पहिलो इनिङमा इन्डियाका अजिंक्य रहाणेको सर्वाधिक ४९ रन र कप्तान विराट कोहलीको ४४ रन बनाएका थिए।

Laxmi sunrise bank
kumari

ओपनिङमा आएका रोहित शर्मा र सुभमन गिलले ६२ रनको साझेदारी गरेका थिए। शर्मा ३४ रनमा आउट भएका थिए भने गिल २८ रन बनाउँदै पेवेलियन फर्किए।

यता न्युजिल्यान्डका कायल जेमसनले सार्वाधिक पाँच विकेट लिँदा ट्रेन्ट बोल्ट र निल वेग्नरले समान दुई–दुई विकेट लिए। त्यस्तै, टिम साउथीले एक विकेट गिराएका थिए।

यता दोस्रो इनिङमा न्युजिल्यान्डका टोम लाथम १०४ बलमा ३० र कान्वे १५३ बलमा ५४ रन बनाएर आउट भए। त्यसपछि मैदानमा छिरेका केन विलियम्सनले ४९ रन बनाउँदा टिम राउथीले ३० रन बनाएका छन्।

यसक्रममा इन्डियाका मोहम्मद शामी, इशान्त शर्मा, रविचन्द्र अश्विन र रविन्द्र जाडेजाले क्रमशः ४, ३, २ र १ विकेट लिएका छन्।

प्रकाशित: Jun 23, 2021| 02:13 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।