सोमबार, चैत ९, २०८२

अब निजी अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार नहुने

सरकारले अबदेखि निजी अस्पतालमा गरिएका कोरोना संक्रमितको उपचारको सोधभर्ना नगर्ने जनाएका छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं– सरकारले अबदेखि निजी अस्पतालमा गरिएका कोरोना संक्रमितको उपचारको सोधभर्ना नगर्ने जनाएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै संक्रमणको नि:शुल्क उपचारका हुने गरेको निजी अस्पतालहरूमा अब सरकारले सोधभर्ना नगर्ने जनाएको छ।

National life

सरकारले कोरोना उपचारका लागि निजी बाहेक सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुमा भने कोभिड–१९ को उपचारको सोधभर्ना गरिने जनाएको छ। 

हालसम्म सरकारले निजीसहित देशभरका ८६ अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारबापत खर्च उपलब्ध गराउँदै आएको थियो। 

असार ८ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको १८ गतेसम्मको मात्रै नियमअनुसार सोधभर्ना गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। निजी अस्पतालहरूलाई सरकारले तोकिएको दररेटभन्दा बढी शुल्न नलिन पनि निर्देशन दिइएको छ।

No description available.

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 23, 2021| 04:36 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्