अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो। ‘कमैया–कमलरी मुक्त भए पनि साहुको काम गर्न जाने दैनिकी छुटेको थिएन,’ मिट्ठु सम्झन्छन्।
सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन्।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेपभन्दा कर्जा प्रवाह बढेको छ। निक्षेपको तुलनामा कर्जा १ खर्ब ४ अर्ब अर्थात् १२.७१ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको हो।
खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण। खोप जहाँ लगाए पनि प्रमाणिकरणका लागि टेकु नै जानुपर्छ।...
मुसलधारे वर्षासँगै आएको बाढीका कारण मध्य चीनका कैयौं स्थान डुबानमा परेका छन्। बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। बीबीसीका अनुसार रेल स्टेशन र सडक पनि डुबानमा परेका...
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘हामीले निर्देशिका तयार पारेको लामो समयपछि मन्त्रिपरिषद्बाट पारित भएको छ। अब कामदार लाने प्रक्रिया अघि बढ्छ।’