बिहीबार, भदौ ४, २०८३

अब काठमाडौं-नयाँदिल्ली सातामा ६ उडान हुने

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौं-नयाँदिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौं-नयाँदिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएका छन्।

यसअघि काठमाडौं-नयाँदिल्ली साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो। सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकले जानकारी दिएको छ। 

अब नयाँदिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ। यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए। अहिले दुवै एयरलाइन्सले समान तीन/तीन उडान पाएका हुन्।

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ। उडान तालिका अनुसार अब सातामा ६ दिन उडान सञ्चालन हुनेछ।

प्रकाशित: Jul 21, 2021| 01:19 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।