बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा बाढी आएसँगै रेल स्टेशन र सडक डुबानमा, करोडौं जनता प्रभावित

चीनमा बाढी आएसँगै रेल स्टेशन र सडक डुबानमा, करोडौं जनता प्रभावित

मुसलधारे वर्षासँगै आएको बाढीका कारण मध्य चीनका कैयौं स्थान डुबानमा परेका छन्। बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। बीबीसीका अनुसार रेल स्टेशन र सडक पनि डुबानमा परेका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

मुसलधारे वर्षासँगै आएको बाढीका कारण मध्य चीनका कैयौं स्थान डुबानमा परेका छन्। बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। बीबीसीका अनुसार रेल स्टेशन र सडक पनि डुबानमा परेका छन्।

National life

भारी वर्षासँगै आएको बाढीले हेनान प्रान्तमा १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी अधिकारीहरू पुष्टि गरेका छन्। 

राजधानी जङ्जोमासँगै झन्झझु सहर बाढीबाट निकै प्रभावित बनेको छ। मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन्।

झन्डै ९ करोड ४० लाख जनसंख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ।
लगभग ९४ करोड जनसंख्या रहेको हेनान प्रान्तले मौसम सम्बन्धि कडा चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा देखिएका भिडिओहरूमा पूरै सडक डुबानमा परेको र कारसहित अन्य भग्नावशेष तीव्र वेगको पानीमा सुस्त गतिमा बगिरहेको देख्न सकिन्छ। मौसम परिवर्तनका कारण तापक्रमको वातावरणले अत्यधिक वर्षाभई बाढी आएको हुनसक्ने बताइएकोछ।

Laxmi sunrise bank
kumari

जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।

प्रकाशित: Jul 21, 2021| 01:51 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।