काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बुधबार जारी मौसम बुलेटिनअनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ। राती बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।