परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
जाजरकोटको भेरी नगरपालिका–१ मा देखिएको दादुरा नियन्त्रणन्मुख रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दादुराको संक्रमण देखिएको रावतगाउँमा स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।
मजदुरहरूलाई पसलका साहुले उधारो पत्याउन छोडेका थिए। निषेध आदेश थपिँदै थियो। रोजगारी गुमेको थियो। भोक र रोगसँग जुधेका परिवारमा अझै कति कष्ट थपिने हो, टुंगो थिएन। भट्टराईले तुरुन्तै केही बोरा...
अमेरिकाको क्यारेबियन क्षेत्रमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनलमा सेन्ट सुलिया किंग्स र सेन्ट किट्स र नेभिस पेट्रिओट्सले प्रतिस्पर्धा गर्ने भएको छ।
हिन्दू धर्ममा विवाहित महिलाका लागि सिन्दूर, पोते, टीकाको निकै महत्व हुन्छ। यसलाई महिलाहरूको सौभाग्यको प्रतीक मानिन्छ। महिलाहरूले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने पनि गर्छन्।
रुपन्देहीका पत्रकार बिन्दु चौहानको मृत्यु भएको छ। गए राति साढे १२ बजे उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)मा निधन भएको हो।
मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन लिग विजेता बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको छ।