सोमबार, माघ ५, २०८२

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल पराजित

नेपाल ओमन अमेरिका सम्मिलित एक दिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– नेपाल ओमन अमेरिका सम्मिलित एक दिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

ओमनको अल अमरेत मैदानमा मंगलबार राति सम्पन्न खेलमा नेपालले घरेलु टिम ओमनसँग पाँच विकेटको हार बेहोरेको हो। यससँगै नेपालको एक स्थानमाथि उक्लने सपना अधुरै रहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरा ४७ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १९६ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको ओमनले ११३ बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा २०० रन बनाएर लक्ष्य पुरा गर्‍यो।

ओमनका लागि ओपनर जितेन्दर सिंहले १०७ रनको शतकिय पारी खेले। उनले नेपालविरुद्ध ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरेका थिए। यद्यपि ओमनको ओपनिङ साझेदारी २४ रनको रह्यो। तर, आयन खान र सिंहले ९१ रनको साझेदारी गरेपछि ओमनले फड्को मारेको थियो। खानले १९ बलमा १८ रन बनाए भने मोहम्मद नदिमले ३८ रनको योगदान दिए।

बलिङतर्फ नेपालका कुशल मल्ल र करण केसीले समान २–२ विकेट लिए भने शुसन भारीले एक विकेट गिराए।

त्यसअघि नेपालको ओपनिङ ब्याट्सम्यान आशिफ शेखके ९० रनको सहयोगमा नेपालले १९६ रन बनाएको थियो। उनले ११२ बलमा एक छक्का र सात चौका प्रहार गर्दै ९० रन बनाएर एक दिवसीय क्रिकेटमा पहिलो अर्ध शतक पूरा गरे।

ओमनविरुद्धको खेलमा नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। मल्लले २१ रन बनाएका थिए।

त्यस्तै रोहित पौडेल २० रन बनाएर आउट भएका छन्। विनोद भण्डारी, सोमपाल कामी, विक्रम शोब र कुशल मल्लले पनि सम्झन लायक प्रदर्शन गरेनन्।

सन्दीप लामिछानेले १६ रन बनाउँदा करण केसीले २१ रन बनाए। बलिङतर्फ ओमानका विलाला खानले चार विकेट लिए भने नेस्टर धम्बाले २ विकेट लिए। त्यस्तै, मोहम्मद नदिमले एक विकेट गिराए।

गएरातिको जितसँगै शीर्षस्थानमा रहेको ओमनले १८ अंक बनाएको छ भने पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको छ अंक छ। १२ अंकका साथ अमेरिका दोस्रो स्थानमा छ।
प्रकाशित: Sep 15, 2021| 07:06 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।