सोमबार, माघ ५, २०८२

च्याम्पियन्स लिगको पहिलो खेलमै बायर्नसँग बार्सिनोला पराजित

मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन लिग विजेता बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन लिग विजेता बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम बायर्नसँग हार बेहोरेको हो।

यससँगै बार्सिलोनाले इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगमा लगातार तीन पटक होम गेममा हार बेहोरेको छ। उसले सन् १९९७–९८ यता पहिलो पटक लिगको पहिलो खेलमा हार बेहोरेको छ।

त्यस्तै गएरातिको हारसँगै च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्नसँग आठौँ पटक हार बेहोरेको छ। यी दुई टिमले १२ खेल खेल्दा दुई खेल बार्सिलोनाले जितेको छ भने दुई खेल बराबरी भएका थिए।

पछिल्लो पटक यी दुई क्लबले दुई सिजनअघिको च्याम्पियन्स लिगमा पनि भेट गरेका थिए। तर, त्यो भेट क्वार्टर फाइनलको थियो। बार्यनले लिग जितेको त्यो सिजनको क्वालर्टरफाइनलमा उसले बार्सिलोनासँग ८–२ गोलको सानदार जित निकालेको थियो।

च्याम्पियन्स लिग इतिहासमा त्यो बार्सिलोनाको निकै ठूलो हार थियो। सन् १९५१ मा उसले एस्पानोयलसँग बेहोरेको ६–० गोलपछिको सबैभन्दा ठूलो हार त्यही नै थियो। त्यसपछि बार्सिलोनाका प्रशिक्षक क्विरके सेटिएन बर्खास्त भएका थिए।

त्यस दौरान बायर्नमा हान्सी फ्लिक प्रशिक्षक थिए। फ्लिक अहिले बायर्नका प्रशिक्षक छैनन्। उनलाई जुलियन नागेल्स्मेनलले विस्थापन गरिसकेको छन्। तर, नागेल्मेनको नेतृत्वको टिमले पनि अहिले बार्सिलोनाका प्रशिक्षक रहेका कोम्यानको टिमविरुद्ध सहज जित निकालेको छ।

त्यस्तै, बार्सिलोना अहिले २२ वर्षपछिको सिजनमा पहिलो पटक बायर्नसँग समूह चरणमा भेट भएको हो। १९९८–९९ को सिजनमा पछिल्लो यी दुई क्लब पटक भेट हुँदा बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।

बार्सिलोना समूह चरणबाटै बाहिरिएको तीन सिजनमध्ये त्यो एक थियो त्यो। एक सिजनअघि पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो भने अन्तिम पटक २०००-०१ मा पनि समूह चरणबाट बाहिरिएको थियो।

यता गए राति बार्सिलोनालाई हराएको बार्यन म्युनिख आफ्नो पछिल्लो १९ अवे खेलमा अपराजित छ।

गएरातिको बार्यनको जितमा रोबर्ट लेबान्डोस्कीले ५६औँ र ८५औँ मिनेटमा दुई गोल गरेका थिए। बायर्नका लागि थोमस मुलरले ३४औँ मिनेटमा ओपनिङ गोल गरेका थिए।
प्रकाशित: Sep 15, 2021| 07:24 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।