बुधबार, फागुन २७, २०८२

सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काबुल- सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ। तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा विवाद भएको स्वीकारेका छन्। समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो। 

National life

बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो। बरदार र शरर्णाी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो। नेताहरुबीच बिबाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए।

सरकार गठनलाई लिएर बिबाद सृजना भएको कतारस्थित तालिवानको कार्यलयका एक नेताले समेत पुष्टि गरेका छन्। अन्तरिम सरकार गठनप्रति उपप्रधानमन्त्री बरदार असन्तुष्ट छन्। 

किन भयो विवाद?

अफगानिस्तान विजयको जस कसले लिने भन्ने बारेमा तालिवानमा बिबाद सुरु भएको थियो। आफूहरुको कूटनीतिक प्रयासबाट काबुल कब्जा गर्न सफल भएको बरदारले बताएका थिए भने हक्कानी समूहका नेता र उनका समर्थकहरूले लडाइँबाट नै यस्तो सम्भव भएको बताएका थिए। अमेरिकी राष्ट्रपतिसँग सोझै टेलिफोन संवाद गर्ने वरदार पहिलो अफगानी नेता हुन्। 

Laxmi sunrise bank
kumari

त्यसअघि अफगानिस्तानबाट अमेरिकी सेना फर्किनेसम्बन्धी दोहा सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए। गत महिना काबुल नियन्त्रण गरेको तालिवानले अफगानिस्तानलाई इस्लामिक इमरेट्स घोषणा गरिसकेका छन्। नयाँ सरकारमा भने महिलालाई समावेश गरिएको छैन्। -न्युजकारखाना

 

प्रकाशित: Sep 15, 2021| 08:58 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।