शुक्रबार, भदौ ५, २०८३

चुनावपछि फेरि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरूबीच मोर्चा बनेको बताएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरूबीच मोर्चा बनेको बताएका छन्। बुधबार स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रका पक्षधर पार्टीहरू एक ठाउँमा आएको बताएका हुन्।

गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत प्रचण्डको दाबी छ। उनले जसरी पनि गठबन्धनलाई बचाउनु पर्ने बताए। उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए। 

कार्यक्रममा बोल्नै प्रचण्डले अब पार्टीका नेता कार्यकर्ताहरूले आफैले आफैलाई गाली गर्नुपर्ने बताएका छन्। पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैलाई गाली गर्नुपर्ने अवस्था आएको उनको धारणा छ। 

विगत ८, १० वर्ष अरुलाई गाली गरेर बिताइएकोमा अब पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेको उनले बताए।  उनले केन्द्रीय समितिबाट गरिएको संकल्पम अनुसार पार्टी हिँड्यो भने आगामी निर्वाचनमा एक नम्बरको पार्टी बन्ने दाबी गरे । 

'विगत १५ वर्षमा पार्टीबाट सय जना मन्त्री बने। अब हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुने छैन। अब हामी पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने छौं',  उनले भने।

प्रकाशित: Sep 15, 2021| 11:38 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...