आइतबार, चैत ८, २०८२

जाजरकोटको दादुरा नियन्त्रणन्मुख : स्वास्थ्य मन्त्रालय

जाजरकोटको भेरी नगरपालिका–१ मा देखिएको दादुरा नियन्त्रणन्मुख रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दादुराको संक्रमण देखिएको रावतगाउँमा स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- जाजरकोटको भेरी नगरपालिका–१ मा देखिएको दादुरा नियन्त्रणन्मुख रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दादुराको संक्रमण देखिएको रावतगाउँमा स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।

National life

उनले आफूलाई अवस्था नियन्त्रणउन्मुख रहेको जानकारी प्राप्त भएको बताए। यस्तै स्वास्थ्य मन्त्रालय खोप महाशाखाका निर्देशक सागर दाहालले जाजरकोटका विद्यालयमा गएर लक्षण देखिएका विद्यार्थीको पहिचान र परीक्षण सुरु गरिएको बताए।

अन्य विद्यार्थीलाई दादुराको संक्रमण भए–नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले नेपाल समयलाई बताए। जाँचबाट थप दुई जनामा दादुरा संक्रमण भएको देखिएको उनले बताए।

हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमुना संकलन गरी नेपालगञ्ज पठाइएकामा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो। त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ।

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले स्वास्थ्यकर्मीको टोलीले रिपोर्ट दिन बाँकी रहेकाले थप जानकारी प्राप्त हुन बाँकी रहेको बताए। ‘तर आत्तिहाल्नु पर्ने अवस्था अहिले छैन। नियन्त्रणोन्मुख नै छ’, उनले भने।

Laxmi sunrise bank
kumari

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो तर यो रोगको संक्रमणदर बढ्न थालेपछि उन्मूलन गर्ने लक्ष्य पनि पछि सर्दै गएको छ। सरकारको नयाँ रणनीति अनुसार सन् २०२३ सम्ममा नेपालबाट दादुरा उन्मूलन गरिनेछ।

प्रकाशित: Sep 15, 2021| 10:55 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्