सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि गुलरिया बजारमा चक्काजाम

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि गुलरिया बजारमा चक्काजाम

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

धनगढी– एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ।  दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।

अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार बिहान कृष्णपुर नगरपालिका–५ मा साइकलमा सवार स्थानीय कृष्णबहादुर ऐरलाई ठक्कर दिएको थियो।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको सेती अस्पतालमा लैजाँदै गर्दा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ। ऐर साइकलमा दूध लग्दै गर्दा एम्बुलेन्सले ठक्कर दिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडाको रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 15, 2021| 11:03 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।