मंगलबार, असार २३, २०८३

डिफेन्डिङ च्याम्पियन चेल्सीको सुखद् सुरुआत

फरवार्ड रोमेलु लुकाकूको गोलमा इङ्लिस प्रिमियर क्लब चेल्सीले युरोपेली च्यम्पियन्स लिगमा सहज सुरुआत गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– फरवार्ड रोमेलु लुकाकूको गोलमा इङ्लिस प्रिमियर क्लब चेल्सीले युरोपेली च्यम्पियन्स लिगमा सहज सुरुआत गरेको छ। चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा मंगलबार राति सम्पन्न खेलमा उसले पाहुना टिम जेन्ट सेन्ट पिटर्सबर्गलाई १–० गोलले हराएको हो।

गएको समर विन्डोमा इन्टर मिलानबाट ९७।५ मिलियन पाउन्डमा भित्र्याइएका लुकाकूले चेल्सीका लागि निर्णायक गोल गरेका थिए। जेन्टसँगै चेल्सीले पहिलो हाफमा निकै संघर्ष गरे पनि प्रशिक्षम थोमस टुचेलको टिमले खेलको ६९औँ मिनेटमा लुकाकूको गोलबाट अग्रता बनाएको थियो।गएको सिजनमा चेल्सीको फिनिसिङमा देखिएको गल्तीलाई भने भने लुकाकूको आगमनले पुरा गरिदिएको छ। तर, उपाधिका लागि उसले अझै संघर्ष गर्नुपर्ने फिल म्याकनल्टीले बीसीसीमा लेखेका छन्।

धेरै अभावका बाबजुद उसले च्याम्पियन्स लिग जित्न सफल बनेको थियो।गएरातिको खेलमा पनि जेन्टले निकै राम्रा अवसर गुमाएपछि चेल्सीले जित निकाल्न सकेको थियो। गएरातिको खेलमा पनि पहिलो हाफमा चेल्सीले निकै खराब प्रदर्शन गर्‍यो। तर हाफ टाइमको ब्रेकमा प्रशिक्षक टुचेलको निर्देशनपछि चेल्सीको खेलमा सुधार भएको थियो। यससँगै चेल्सीले च्याम्पियन्स लिगको पछिल्ला १४ खेलमध्ये १० खेलमा जित निकालेको छ। पछिल्लो सिजन सुरु भएयता जितको लयमा चेल्सीभन्दा अघि म्यानचेस्टर सिटी मात्र छ।यता जेन्टले भने च्याम्पियन्स लिगका पछिल्ला छ अवे खेलमै हार बेहोरेको छ।  त्यस्तै, ऊ ९ खेलसम्म जितविहीन छ।

उसले पछिल्लो पटक २०१५–१६ मा फ्रेन्च क्लब लियो नलाई हराएको थियो। यता प्रशिक्षक टुचेलले टिम सम्हालेपछी चेल्सीले सबै प्रतियोगितामा २३ क्लिन सिट राखेको छ। युरोपका ठूलो पाँच लिगका कुनै टिमको तुलनामा यो धेरै हो। र, चेल्सीको यो जितसँगै समूह एचमा चेल्सीले तीन अंक बनाएको छ भने जेन्टको शून्य अंक छ। यता समूह एचकै अर्को खेलमा भने युभेन्टसले माल्मोविरुद्ध ३–० गोलको जित निकालेका छन्। युभेन्टस समूहको शीर्षस्थानमा छ भने माल्मो चौथो स्थानमा छ। 

च्याम्पियन्स लिगमा आजको खेल 

बेसिकट्स र बोरुसिया डर्टमन्ड

शेरिफ र शख्तर डोनेट्स

इन्टर मिलान र रियल मड्रिड

एट्लेटिको मड्रिड र पोर्टो

क्लब ब्रुग र पीएसजी

लिभरपुल र एसी मिलान

म्यानचेस्टर सिटी र लाइप्जिक

स्पेर्टिङ एफसी र आयाक्स

प्रकाशित: Sep 15, 2021| 08:16 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।