मंगलबार, फागुन १९, २०८२

पत्रकार बिन्दु चौहानको निधन

रुपन्देहीका पत्रकार बिन्दु चौहानको मृत्यु भएको छ। गए राति साढे १२ बजे उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)मा निधन भएको हो।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

kumari
बुटवल- रुपन्देहीका पत्रकार बिन्दु चौहानको मृत्यु भएको छ। गए राति साढे १२ बजे उपचारका क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)मा निधन भएको हो।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चौहानको मृत्यु बारे जानकारी दिएका छन्। लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। 

अवस्था गम्भीर भएसँगै युसिएमएसमा रिफर गरिए पनि उनको उपचारकै क्रममा निधन भएको पोख्रेलले बताए।

चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा  रुपन्देही शाखाका पूर्व कार्यसमिति सदस्यसमेत हुन्। ४५ वर्षीय चौहानका श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन्। 

उनको अन्तिम संस्कार स्थानीय कोठी नदीमा गरिने परिवारजनले जनाएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीले चौहानको निधनप्रति दुःख व्यक्त गरेको छ।
प्रकाशित: Sep 15, 2021| 07:25 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।