सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सीपीएलको फाइनल आज : उपाधिका लागि सेन्ट लुसिया र सेन्ट किट्स भिड्दै

सीपीएलको फाइनल आज : उपाधिका लागि सेन्ट लुसिया र सेन्ट किट्स भिड्दै

अमेरिकाको क्यारेबियन क्षेत्रमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनलमा सेन्ट सुलिया किंग्स र सेन्ट किट्स र नेभिस पेट्रिओट्सले प्रतिस्पर्धा गर्ने भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– अमेरिकाको क्यारेबियन क्षेत्रमा हुने क्यारेबियन प्रिमियर लिग ९सीपीएल०को फाइनलमा सेन्ट सुलिया किंग्स र सेन्ट किट्स र नेभिस पेट्रिओट्सले प्रतिस्पर्धा गर्ने भएको छ। मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै सेन्ट लुसिया र सेन्ट किट् सीपीएलको सेमिफाइलमा पुगेको हो।
मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा सेन्ट लुसियाले ट्रिनबागो नाइट राइडर्सलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएका थियो। ट्रिनबागोले २०५ रनको लक्ष्य भेट्न नसकेपछि सेन्ट लुसियाले जित निकालेको हो।
त्यस्तै, सेमिफाइनल खेलमा सेन्ट किट्सले गुएना अमेजन वारियर्सलाई सात विकेट हराएको थियो। गुएना अमेजनले लिएको १७८ रनको लक्ष्य सेन्ट किट्सले १७।५ विकेटमा पुरा गरेको थियो।
अब फाइनल खेल आज राति सवा ७ बजे सुरु हुनेछ। लिग चरणको प्रतियोगिताको उत्कृष्ट चारमा पर्दै ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजम वारियर्स, सेन्ट किट्स एन्ड नेभिस पेट्रिओट्सर र सेन्ट लुसिया किंग्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको थिए।
जहाँ शीर्ष तीनको समान १२–१२ अंक भए पनि नेट रन रेटका आधारमा ट्रिनबागो, गुएना अमेजन र सेन्ट किट्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा थिए।
त्यस्तै, सेन्ट लुसिया किंग्स चौथो स्थानमा थियो। त्यससँगै सेमिफाइनलको पहिलो खेलमा पहिलो स्थानको ट्रिनबागो र चौथो स्थानको सेन्ट लुसियाले प्रतिस्पर्धा गरेका थिए। यस्तै, दोस्रो सेमिफाइनल खेलमा दोस्रो र तेस्रो स्थानका गुएना अमेजन र सेन्ट किट्स भिडेका थिए। यता लिग तालिकामा पाँचौ र छैटौं स्थानमा रहेको जमैका तल्लावाह र बाबार्डोस रोयल्स लिग चरणबाटै बाहिरिएका थिए।
सीपीएलको फ्रेन्चाइज क्लब ट्रिनबागो नाइट राइडर्समा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध थिए। नाइट राइडर्स सेमिफाइनल खेलबाट बाहिरिएको छ। यता सीपीएलकै समयमा नेपाली राष्ट्रिय टिम ओमन भ्रमण रहेकाले सन्दिपले यो वर्षको सीपीएल गुमाएका थिए। त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट दुई सिजन सीपीएल खेलेका थिए।
प्रकाशित: Sep 15, 2021| 10:17 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।