सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डोको गोलका बाबजुद च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको हार

रोनाल्डोको गोलका बाबजुद च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको हार

मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

स्विस क्लब योङ बोइजको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराएको हो।

पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै फरवार्ड क्रिस्टियानो रोनाल्डोले अग्रता बनाए पनि युनाइटेडले अग्रता कायम राख्न सकेन। यससँगै रोनाल्डोले युनाइटेडबाट आफ्नो तेस्रो गोल गरेका छन्। उनले पहिलो खेलमा दुई गोल गरेका थिए।
 
युनाइटेडका डिफेन्डर आरोन वान बिस्साकाले ३५औँ मिनेटमा योङ बोइजको मिडफिल्डर मार्टिन्सको खुट्टामा खराब ट्याकल गरेपछि उनले रातो कार्डको सजाय पाएका थिए।

त्यसपछि १० खेलाडीमा समेटिएको युनाइटेडविरुद्ध योङ बोइज हाबी भएको थियो। योङ बोइजले विपक्षीको पोस्टमा १९ प्रहार गर्दा युनाइटेडले घरेलु टिमको पोस्टतर्फ दुई मात्र प्रहार गरेको थियो।

यता योङ बोइजका मोउमी एनगमलेउ र थियोसनले दोस्रो हाफमा गोल गर्दै योङ बोइजलाई जित दिलाएका थिए। खेलको ६६औँ मिनेटमा योङ बोइजका मोउमीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने थियोसनले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई पराजित गरेका थिए।

यससँगै समूह एफमा युनाइटेडले तीन अंक जोडेको छ भने एटलान्टा र भिल्लारियलले समान १,१ अंक बनाएका छन्। युनाइटेड अंकविहिन छ।

गएरातिनै बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम बायर्नसँग ३–० हार बेहोरेको थियो।
प्रकाशित: Sep 15, 2021| 07:34 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।