बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्मिता हत्याको दोषी पत्ता नलगाएको भन्दै जोगबुढा इलाका प्रशासन कार्यालयमा ताला

अस्मिता हत्याको दोषी पत्ता नलगाएको भन्दै जोगबुढा इलाका प्रशासन कार्यालयमा ताला

परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

डडेल्धुरा- परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्। 

घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले बुधबार इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरेको छन्। हत्यारा पत्ता नलगाउँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।

परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ। 

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायत छन्। तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने नभएको संघर्ष समितिका संयोजक बोहराले बताए।

के भन्छ प्रहरी?

प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाइएको छ। डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिएका थिए। तर, पनि प्रहरीले घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन। 

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन्। अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ। -न्युजकारखाना

प्रकाशित: Sep 15, 2021| 11:10 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।