बुधबार, असोज २१, २०८३

जहाँ श्रीमान् जीवित हुँदा पनि विधवा हुन्छन् महिला

हिन्दू धर्ममा विवाहित महिलाका लागि सिन्दूर, पोते, टीकाको निकै महत्व हुन्छ। यसलाई महिलाहरूको सौभाग्यको प्रतीक मानिन्छ। महिलाहरूले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने पनि गर्छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- हिन्दू धर्ममा विवाहित महिलाका लागि सिन्दूर, पोते, टीकाको निकै महत्व हुन्छ। यसलाई महिलाहरूको सौभाग्यको प्रतीक मानिन्छ। महिलाहरूले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने पनि गर्छन्।

तर भारतमा एउटा यस्तो समुदाय छ जसका महिला श्रीमान् जीवितै हुँदा पनि प्रत्येक वर्ष विधवा हुने गर्छन्। उनीहरू एउटा सांस्कृतिक रितीअनुसार केही समयका लागि विधवा हुने गर्छन् । यो समुदायको नाम हो, गछवाहा ।

गछवाहा समुदायका महिलाहरूले यो चलन लामो समयदेखि पालना गर्दै आएका छन्। महिलाहरूले श्रीमान्को दीर्घायुको कामना गर्दै प्रत्येक वर्ष केही समय बिधुवा जसरी जीवनयापन गर्छन्। गछवाहा समुदायका मानिस पूर्वी उत्तर प्रदेशमा रहन्छन्।

यहाँका मानिस पाँच महिनासम्म ताडीको रूखबाट पेय पदार्थ निकाल्ने काम गर्छन्। यो समयमा जुन महिलाका श्रीमान् ताडीको काम गर्न जान्छन् उनकी श्रीमती विधवा महिलाझैँ रहने गर्छन्। उनीहरू सिन्दूर, पोते लगाउँदैनन्। र, कुनै शृङ्गारपटार गर्दैनन्। गछवाहा समुदायमा तरकुलहा देवीलाई कुलदेवीको रूपमा पूजा गर्ने चलन छ।
श्रीमान् ताडीको रूखमा काम गर्न जाँदा महिलाहरूले सारा श्रृंगार देवीको मन्दिरमा राख्छन्। ताडीका रुख निकै अग्लो हुन्छन्। काम गर्दा रुखबाट खसे मानिसको ज्यानै जाने जोखिम पनि हुन्छ। त्यसैले महिलाहरूले श्रीमान्को लामो उमेरको कामना गर्दै श्रृंगार मन्दिरमा राख्ने गर्छन्।

- अमर उजालाबाट
प्रकाशित: Sep 15, 2021| 09:57 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।