सन् ९० को दशकमा एक लाखभन्दा बढी नागरिकलाई देशनिकाला गरेको र सयौंलाई जेलमा कोचेर ‘जातीय सफाया’ गरेको भुटानले सुखी र खुसी देश दाबी गरेकामा विश्वभर छरिएका नेपालीभाषी भुटानी आश्चर्यचकित।
जापानी भाषा स्कुल संघ नेपाल (जालसान)ले जापानको सम्बन्धित निकायबाट सर्टिफिकेसन अफ इलिजिबिलिटी (सिओई)प्राप्त गरेका विद्यार्थीलाई जापानमा अध्ययन गर्न जाने वातावरण बनाउन माग गरेका छन्।
प्रधानन्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’का पक्षमा रहेको सन्देश दिइसकेको बताइएको छ। तर जबराको सम्मानजनक बहिर्गमनको खाकाबारे केही सार्वजनिक गरिएको छैन।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन्।
स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरुले कार्बन उत्सर्जन घटाउने विषयमा आ–आफ्ना प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन्।