बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो?

अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो?

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै तत्काल राजीनामा दिन माग गरेका छन्। 

उनले सर्वोच्च अदालतका सबै न्यायाधीश, नेपाल बार, पूर्वन्यायाधीशलगायतले गलत भनिरहँदा जबरा केही नभएजस्तो गरेर बसिरहेको भन्दै तिहारसम्ममा राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बताएका छन्। 

उनले प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन बसेको भन्दै आक्रोशसमेत पोखेका छन्। प्रधानन्यायाधीशको हैसियतमा जबराले गरेका सबै काम गलत भएको उनको टिप्पणी छ। जबराले निकास नदिएसम्म न्यायपालिका सुधार नहुने उनले बताए। 

‘अब जबराको नेतृत्वमा न्यायालय स्वतन्त्र र भ्रष्टाचारविहीन हुँदैन, त्यसैले उहाँले राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने, ‘बारले दिएको समयसीमाभित्र राजीनामा नआए हामी तपाईलाई छोड्दैनौं।’

प्रकाशित: Nov 02, 2021| 12:55 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।