विराटनगर– नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकासमन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन्।
पाँच दलीय गठबन्धनबाट नेकपा ( एकीकृत समाजवादी) संसदीय दलका नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन्। भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।