शुक्रबार, असोज १६, २०८३

दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ। नेप्से परिसूचक २३.७६ अंकले बढेर दुई हजार आठ सय ४३.६२ विन्दुमा पुगेर बन्द भएको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं– मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ। नेप्से परिसूचक २३.७६ अंकले बढेर दुई हजार आठ सय ४३.६२ विन्दुमा पुगेर बन्द भएको छ। 

नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब सात करोड ३७ लाख बराबरको कारोबार भएको छ। यस्तै, कारोबारका आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर भएको छ। बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन्। विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ।  

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उmर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। यी कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। आ

प्रकाशित: Nov 02, 2021| 16:10 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्