आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आयुष, अञ्जन, किरणलगायतलाई 'नाइँ' भन्न नसकेर फर्किएँ : अल्मुताइरी

आयुष, अञ्जन, किरणलगायतलाई 'नाइँ' भन्न नसकेर फर्किएँ : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर नेपाल फर्किएको बताएका छन्।

National life

साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल)सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ।’

अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुगेका हुन्।

१० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाएका थिए।

अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो। फाइनल अघिनै राजीनामा दिएका अल्मुताइरी नेपाल नफर्की कतारमै रहेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 02, 2021| 14:40 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।