बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिओई पाएका विद्यार्थीलाई जापान जाने वातावरण बनाउन जालसानको माग

सिओई पाएका विद्यार्थीलाई जापान जाने वातावरण बनाउन जालसानको माग

जापानी भाषा स्कुल संघ नेपाल (जालसान)ले जापानको सम्बन्धित निकायबाट सर्टिफिकेसन अफ इलिजिबिलिटी (सिओई)प्राप्त गरेका विद्यार्थीलाई जापानमा अध्ययन गर्न जाने वातावरण बनाउन माग गरेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- जापानी भाषा स्कुल संघ नेपाल (जालसान)ले जापानको सम्बन्धित निकायबाट सर्टिफिकेसन अफ इलिजिबिलिटी (सिओई)प्राप्त गरेका विद्यार्थीलाई जापानमा अध्ययन गर्न जाने वातावरण बनाउन माग गरेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर जालसानका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका हुन्। 

शैक्षिक परामर्श व्यवसायमा कोरोना महामारीले पारेको असर र जापानमा अध्ययनका गर्न जाने नेपाली विद्यार्थीलाई नेपाल सरकारले प्रदान गरेको खोप प्रक्रियालाई सहजीकरण गरी अध्ययन गर्न जाने वातावरण मिलाई सहजीकरण गर्न आग्रह गरेको हो।

यस्तै जालसानले जापान सरकारद्वारा जारी गरिएको भ्याक्सिन पासपोर्टमा नेपाललाई पनि सहभागी गराउनुको साथै नेपालमा हाल उपलब्ध भएका खोपलाई पनि जापान सरकारले मान्यता प्रदान गरी सूचीकृत गर्न  कूटनीतिक पहलका लागि अनुरोध गरिएको जाल्सानका महासचिव रमेश देवकोटाले जानकारी दिए। 

मन्त्री खड्लाई भेट्न जालसानका अध्यक्ष विशाल श्रेष्ठ, महासचिव रमेश देवकोटा, सचिव अरुण पाण्डे र कोषाध्यक्ष महेश श्रेष्ठ मन्त्रीको निजी निवास गोल्फुटार पुगेका थिए।

प्रकाशित: Nov 02, 2021| 14:52 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।