काठमाडौं- मुन्द्रेको कमेडी क्लब आगामी सातादेखि बन्द हुने भएको छ। नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको कमेडी क्लब हास्य कलाकार उमेश राई ‘फुलन्देकी आमा’का कारण बन्द हुन पुगेको बताएका छन् प्रस्तोता जितु नेपाल मुन्द्रेले। उमेश ‘डान्स च्याम्पियनसिप’को होस्टका लागि जादैछन्।
नेपालले भने, ‘हामी यो कार्यक्रम बन्द गर्ने तयारीमै थियौं अचानक उमेश जिले उही गेटअपमा अर्को शो होस्ट गर्न थालेपछि समस्या भयो। त्यसो हुँदा हामीले शो रोकेको हो।’
यो कार्यक्रमले केही समय विश्राम लिए पनि आगमी दिनमा कमेडी क्लब दर्शकमाझ आउने जानकारी पनि दिएका छन्। डेढ वर्षदेखि प्रशारण हुँदै आएको मुन्द्रेको कमेडी क्लबले सिजन-२ को ५४ औं एपिसोड पूरा गरिसकेको छ।