बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ता शाक्यको प्रस्ताव : प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ

वरिष्ठ अधिवक्ता शाक्यको प्रस्ताव : प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ

वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन्। 

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनमा बोल्दै शाक्यले वार्ताको नाममा प्रधानन्यायाधीश राजीनामाबाट भाग्न खोजेको भन्दै बारको उपस्थितिमा मात्र वार्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन्। 

१९ जना न्यायाधीशका तर्फबाट गठित वार्तासमितिले बारलाई सहभागी नगराई प्रधानन्यायाधीशसँग गर्ने छलफलमा बारको बिमति हुने बताए। 

नेपाल बार एसोसिएसनकी पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानन्यायाधीशले भ्रष्टाचारका साथै न्यायीक विचलन गरेको भन्दै राजीनामा दिन आग्रह गरिन्। 

उनले न्यायिक नेतृत्वको राजीनामा नआएसम्म आन्दोलन नरोकिनेसमेत बताइन्। बार एसोसिएसनलाई बाहिर राखेर गरिने कुनैखाले सहमतिमा पनि कानुन व्यवसायीहरूलाइ सह्य नहुने भण्डारीले चेतावनी दिइन्। बारको आन्दोलनमा प्राध्यापक संघबाहेक अरु कसैले पनि ऐक्यबद्धता नजनाएको भन्दै उनले आपत्ति जनाइन्।


प्रकाशित: Nov 02, 2021| 13:04 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।