शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशले जतिसक्दो छिटो राजीनामा दिनुपर्छ : वरिष्ठ नेता पौडेल

प्रधानन्यायाधीशले जतिसक्दो छिटो राजीनामा दिनुपर्छ : वरिष्ठ नेता पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखे।

वरिष्ठ नेता पौडेलले ढिलाइ गर्दै गए उनको बर्हिगमन अपमानजनक हुने तर्क गरे। उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोप समेत लगाए। 

वरिष्ठ नेता पौडेलले भने, ‘अरु संस्था त ध्वस्त भए–भए, देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ। सर्वोच्च अदालतको यो हाल भइरहेको छ। उहाँले जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक। जति ढिलो छोड्नुहुन्छ, त्यति असम्मानजनक हुन्छ। किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्।’

वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे। फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए। त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आवश्यक भएको उनको तर्क थियो।

प्रकाशित: Nov 02, 2021| 14:29 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...