शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

बंगलादेशमा तीन तले डुंगामा आगो लाग्दा कम्तीमा ३९ को मृत्यु

सुगन्धा नदीमा गुडिरहेको तीन तले डुंगामा आगो लाग्दा कैयौँ यात्री नदीमा हामफालेको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

हुम्लामा तीन फिटसम्म हिमपात : हिउँ जम्न थाल्यो, जनजीवन प्रभावित

जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमीकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

एसएसपी मृत्यु प्रकरण : सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

झुण्डिएको अवस्थामा शव भेटिएका एसएसपी यादवको परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साँझ घटनास्थलमै पुगेर भेटघाट गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज, यस्ता छन् एजेन्डा

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई 'निर्वाचित भएको प्रमाण पत्र' वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

१४ महिने बालकलाई अपहरण गरी भारत तर्फ भाग्न लागेका युवक प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

जगदुल्ला जलविद्युतको टेस्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न

आयोजनाको विद्युत् उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

अछाममा ३ हजार ८६३ मतदाता थपिए

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्याराग्लाइडिङ

कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

भोकको आगोले गिट्टी कुट्न बाध्य मुगुका महिला

यो दैनिक उनीहरूको अहिले मात्रै होइन। के जाडो के गर्मी, हरेक मौसममा उनीहरू उज्यालो हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन्। यही कामबाट उनीहरूले वर्षौदेखि परिवार पालिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

सिमिकोट-७ का २५० घरधुरीलाई न्यानो कपडा

ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

खोटाङ फुटबल एकेडेमीलाई विराटनगर सिटी फुटबल क्लबद्वारा खेल सामग्री प्रदान

'सबैका लागि फुटबल' भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समूहका खेलाडीलाई सहभागी गराएर फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई एक लाख बराबरको खेल सामग्री प्रदान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

एमाले तेस्रो पटक संसद् विघटन होस् भन्‍ने चाहन्छ : प्रचण्ड

पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ। एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने संकेत गरिरहेको छ। प्रतिनिधिसभामा अवरोध जारी रहँदा जनजीविकाका सवाल ओझेलमा परेका...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

टिएमजे क्षेत्र सेताम्य

पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए। हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

प्रदेश २ कांग्रेस : महामन्त्रीको गणना सकिएपछि विवाद, औपचारिक घोषणामा ढिलाइ

महामन्त्री पदमा अगाडि देखिएका निधि-कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै नरेश पक्षधर कार्यकर्ताले विवाद सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

एसीसी एसिया कप : बंगलादेशसँग नेपाल १५४ रनले पराजित

टस हारेर सुरुआति फिल्डिङ गरेको नेपालका तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक–एक विकेट लिए। त्यसक्रममा बंगलादेशका महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

शीर्ष तीनको प्रतिस्पर्धा गरिरहेको पुलिस र रेलिगेसनबाट बँच्न संघर्षरत फ्रेन्डसको बराबरी

सहिद स्मारक ए डिभिजन लिगको ३७औं खेलमा फ्रेन्डस् क्लब र विभागीय नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

काठमाडौं टिम च्याम्पियनसिपको उपाधि टेलिकमलाई

शुक्रबार सम्पन्न काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

उज्ज्वेकिस्तानविरुद्ध नेपालको जित

पहिलो सेट १८–२५ ले हार व्यहोरेको नेपालले बाँकी सेटमा जित निकाल्यो। नेपालले दोस्रो सेटमा २५–२१ ले पहिलो जित निकालेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

चेपाङ समुदायले पनि पायो मन्त्री

पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन्। बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८