मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्याराग्लाइडिङ

पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्याराग्लाइडिङ

कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

उदयपुर- उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परिक्षण उडान गरेको छ। कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो। 

आन्तरिक तथा वाह्र्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएको हो।  स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गडिकोटले स्थानीय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङ सुरु गरेको हो। 

कटारी बजारबाट ९ किलोमिटरको दुरीमा रहेको मर्जेतपुर गडिकोट डाँडा प्याराग्लाईडिङ, जिप लाईन, रक क्ल्याम्बिङ साहसिक खेलको निम्ति उपयुक्त स्थान रहेको छ।

कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जेतपुर गडिकोट डाँडामा प्राविधिक हिसाबले सबै मौसममा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ जस्ता साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्यापटेन दिलकुमार सुनुवारले बताए।

प्रकाशित: Dec 25, 2021| 07:50 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।