मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसएसपी मृत्यु प्रकरण : सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

एसएसपी मृत्यु प्रकरण : सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

झुण्डिएको अवस्थामा शव भेटिएका एसएसपी यादवको परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साँझ घटनास्थलमै पुगेर भेटघाट गरेका हुन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले संघीय प्रहरी एकाइ भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारसँग भेटघाट गरेका छन्।

झुण्डिएको अवस्थामा शव भेटिएका एसएसपी यादवको परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साँझ  घटनास्थलमै पुगेर भेटघाट गरेका हुन्। 

त्यस क्रममा गृहमन्त्री खाँणलाई एसएसपी यादवको शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी गराएको थियो। गृहमन्त्री खाँणले घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्नसमेत प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

यादवको शव शुक्रबार बिहान आफ्नो निवासमा झुण्डिएको अवस्थामा फेला परेको थियो। 

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा थिए।

प्रकाशित: Dec 25, 2021| 09:02 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।