बिहीबार, भदौ ४, २०८३

चेपाङ समुदायले पनि पायो मन्त्री

पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन्। बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

हेटौंडा- पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन्। बागमती प्रदेशमा पहिलोपटक चेपाङ समुदायका नागरिक मन्त्री पदमा नियुक्त भएका हुन्। 

शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन्। 

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन्। सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए। 

चेपाङले आजै पद तथा गोपनीयताको सपथ लिएर कार्यभारसमेत सम्हालेका छन्।

राज्यमन्त्रीमा नियुक्त भएपछि सन्तले आफूले समग्र चेपाङ समुदायका निम्ति काम गर्ने बताएका छन्। ‘ चेपाङहरुको स्वास्थ्य बिमा गरिदिन्छु,’ उनले भने। 

चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने उनको भनाइ छ। आफूहरूको समुदायबाट पहिलो पटक सन्त मन्त्री बनेपछि चेपाङ समुदाय उत्साहित भएको उनका दाजु चन्द्रबहादुरले बताए। 

प्रकाशित: Dec 24, 2021| 19:51 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...