बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो।
 |  शनिबार, पुस १०, २०७८

बीबीसी

बीबीसी

शनिबार, पुस १०, २०७८

काठमाडौं- हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएको स्मारकलाई हटाइएको छ। 

National life

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो। 

एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति 'पिलर अफ शेम' हटाइएको थियो। यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो। 

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा  १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए। चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो। 

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ। मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2021| 09:35 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।