बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २ कांग्रेस : महामन्त्रीको गणना सकिएपछि विवाद, औपचारिक घोषणामा ढिलाइ

प्रदेश २ कांग्रेस : महामन्त्रीको गणना सकिएपछि विवाद, औपचारिक घोषणामा ढिलाइ

महामन्त्री पदमा अगाडि देखिएका निधि-कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै नरेश पक्षधर कार्यकर्ताले विवाद सुरु गरेका हुन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को मतगणनास्थलमा विवाद भएको छ। महामन्त्री पदमा अगाडि देखिएका निधि-कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै नरेश पक्षधर कार्यकर्ताले विवाद सुरु गरेका हुन्। 

मतगणनास्थलमा सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ। औपचारिक घोषणा हुन बाँकी रहेपनि मतपरिणाम अनुसार उपसभापतिमा वीरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। महामन्त्री पदमा उपेन्द्र कुमार यादव विजयी भएपनि नरेशले हार स्वीकार नगरी विवाद गर्दा  मतपरिणाम सार्वजनिक गर्न पनि ढिलाइ भएको छ। गणना सकिएपनि मिलाउने काम भइरहेको निर्वाचन समितिको भनाइ छ। 

सहमहामन्त्रीमा खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जयनारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिलातर्फ विन्दु कुमारी यादव विजयी भए। केही क्षणमा नै परिणाम सार्वजनिक हुने निर्वाचन समितिले उल्लेख गरेको छ। 

प्रकाशित: Dec 24, 2021| 21:10 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...