शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • शीर्ष तीनको प्रतिस्पर्धा गरिरहेको पुलिस र रेलिगेसनबाट बँच्न संघर्षरत फ्रेन्डसको बराबरी

शीर्ष तीनको प्रतिस्पर्धा गरिरहेको पुलिस र रेलिगेसनबाट बँच्न संघर्षरत फ्रेन्डसको बराबरी

सहिद स्मारक ए डिभिजन लिगको ३७औं खेलमा फ्रेन्डस् क्लब र विभागीय नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ३७औं खेलमा फ्रेन्डस् क्लब र विभागीय नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्। दशरथ रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा दुवै टिमले थुप्रै अवसर सिर्जना गरे पनि गोल हुन सकेन।

National life

यससँगै जित निकालेर रेलिगेगन जोनबाट मुक्त हुने फ्रेन्ड्स क्लबको सपना एक चरणका लागि तुहिएको छ भने पुलिस क्लबले ६ अंक बनाएर आठौं स्थानमा पुगेको छ।

‘हाम्रो लागि आज जित्नै पर्ने खेल थियो। सुरुको २५ मनेट हामीले डोनिमनेट नै गरेको हो नि। अन्तिम क्षणमा पनि शतप्रतिशत पेनाल्टी पाउने बल पनि हामीले पाएनौं,’ खेलपछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले भने। उनले रेफ्रीका कारणले खेल बराबरी हुन गयो। उनले जारी ए डिभिजन लिग रेफ्रीको प्रयोगशाला भइरहेको पनि दाबी गरेका छन्।

त्यस्तै, पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलमा पकड बनाए पनि जित निकाल्न नसकेको बताएका छन्। ‘पाएको अवसर सुरुमै क्लिक गर्न नसक्दा हामीले खेलमा चुक्नु पर्‍यो। फ्रेन्ड्सले रक्षात्मक खेलिरहेको थियो,’ उनले भने, ‘स्पष्ट अवसर हामीले नै धेरै बनाए पनि गोल भएन।’

खेलको १२औं मिनेटमा हरी कठायतको क्रसमा नाथनल जड्ज गर्सियाले पेनाल्टी बक्सको कर्नरबाट गरेको प्रहार पोस्टको नजिकै बाट बाहिरिएको थियो। पहिलो हाफको ४५औं मिनेटमा फ्रेन्ड्सले अर्को अवसर गुमायो। गोलकिपर सत्रुघ्न चौधरी अघि बढिसकेको अवस्थामा गरेको प्रहार पुलिसका हेमन्त श्रेष्ठले क्लियर गरे। शत्रुघ्न खेलमा म्यान अफ दि म्याचसमेत बनेका छन्।

Laxmi sunrise bank
kumari

त्यसबीच नेपाल पुलिसले केही राम्रा अवसर गुमायो। २७औं मिनेटमा सुमन लामाले गरेको प्रहार गोलकिपर देव लिम्बूले सहजै बचाए। २९औं मिनेटमा तेज तामाङले प्रहारेको फ्री किक सुमनले हेडरमार्फत् गोलको प्रयास गरे पनि सफल भएनन्।

३२औं मिनेटमा गोलकिपर वान भर्सेस वानको अवस्थामा सौजन राईले गरेको प्रहार पोस्टबाट बाहिर गयो। पुलिसले पहिलो हाफमा गुमाएको दुई सुनौला अवसर मध्येको एक यो रह्यो। ४५औं मिनेटमा रवि शंकर पासवानको एक्राब्याट प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

त्यसअघि खेलको ३६औं मिनेटमा रविको क्रस सौजनले भेट्न नसक्दा गोल मैदानबाट बाहिरिएको थियो। खेलको ५८औं मिनेटमा जमोउल एन्थोनी फ्रान्सिस्कोले गोललाइन छेउबाट गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। सुमनले ६४ औं मिनेटमा गरेको प्रहार पनि पोस्टमा छिर्न सकेन।

खेलको अन्तिम समयमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन। फ्रेन्ड्सका गर्सियाल गरेको प्रहार गोलकिपरले बचाएका थिए।

‘फिनिसिङमा जुन गल्तीहरु भयो त्यो स्ट्राइकरहरुको आपसीको बुझाइमा कमी भएर भएको हो। त्यसैले अवसर मिस भयो,’ प्रशिक्षक थापाले भने, ‘अव सुधार गर्नुपर्छ जस्तो लाग्छ मलाई।’

अहिले फ्रन्ड्स क्लब तालिकाको पुछारमा छ। लिगमा कुनै पनि खेलमा जित निकाल्न नसक्ने क्लब पनि फ्रेन्ड्स मात्र छ। 

‘बटममा हुँदा दबाब छ। यसअघि पनि  दबाब नै थियो। अब पनि छ। यसले आउँदा खेलमा पनि अझै सजग भएर खेल्नका लागि दबाब थपेको छ,’ उनले भने।

प्रकाशित: Dec 24, 2021| 20:55 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।