मंगलबार, भदौ २, २०८३

अछाममा ३ हजार ८६३ मतदाता थपिए

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

अछाम- स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन्।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए।

दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन्।  हालसम्म अछाममा  एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सुचना अधिकारी थारूले जानकारी दिए।

प्रकाशित: Dec 25, 2021| 08:05 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।